बङ्गलादेश प्रिमियर लिगमा सन्दीप लामिछाने, राजशाही वारियर्सद्वारा अनुबन्ध
- Sunday Dec 14 2025
- | 1277 Read
Share News

२८ मंसिर, २०८२। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेल्ने भएका छन् । सन्दीपलाई बिपीएलको टोली राजशाही वारियर्सले आइतबार अनुबन्ध गरेको जनाएको छ ।
यसअघि पनि सन्दीपले सन् २०१८/१९ को सिजनमा सिलेट सिक्सर्सबाट बिपीएल खेलेका थिए । उक्त सिजनमा उनले ६ खेल खेल्दै ४ विकेट लिन सफल भएका थिए ।
नेपालका प्रभावशाली बलर सन्दीपले अहिलेसम्म नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १२९ विकेट लिइसकेका छन् । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा उनले विराटनगर किङ्सबाट प्रतिस्पर्धा गरेका थिए ।
विराटनगर किङ्सका कप्तानसमेत रहेका सन्दीपले एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै १७ विकेटसहित सर्वाधिक विकेटकर्ता बन्न सफल भएका थिए । सन्दीपको नेतृत्वमा विराटनगर टोली दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।

For Add Product Review. You Need To Login First Login Page



















