Friday 05-06-2026

छैटौं जित निकाल्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश

Satyapana
  • Thursday Dec 04 2025
  • | 5686 Read

Share News

छैटौं जित निकाल्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश

 

नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्स लगातार छैटौं जितसँगै क्वालिफायर चरणमा पुग्न सफल भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस गुमाएर पहिले ब्याटिङको अवसर पाएका सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो। अबसम्मका छ खेलमध्ये सबैमा विजयी भएको टोलीले १२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ।

चितवनको भने प्लेअफमा पुग्ने आशा कमजोर बन्दै गएको छ। छ खेलमध्ये चार अंकमात्रै रहेको चितवनका लागि पछिल्ला परिणाम अनुकूल बनेका छैनन्।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनायो। टिमका स्टार खेलाडी क्रिस लिनले ५६ बलमा पाँच चौका र तीन छक्कासहित ७५ रन जोडेर उत्कृष्ट इनिङ्स खेले। रिटायर्ड हर्ट हुनुपरे पनि उनको योगदानले टिमलाई प्रतिस्पर्धी स्कोर बनाउन मद्दत गर्‍यो। लिन नै ‘प्लेयर अफ द म्याच’ घोषित भए।

ओपनर विनोद भण्डारीले २३ रन, पुनित मेहराले १३ रन, र अन्त्यतिर आरिफ शेख तथा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै समान २४–२४ रन थपे। चितवनका बलर सैफ जइब दुई विकेटका साथ सर्वाधिक सफल रहे भने रन्जित कुमार र जर्ज स्क्रिमशले एक–एक विकेट लिए।

१७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर एक बलमै १२० रनमै समेटियो। टोलीका लागि रवि बोपाराले २९ रन बनाए भने देव खनालले २८, अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक पार गर्न सकेनन्।

सुदूरपश्चिमका बलरमा पुनित मेहरा तीन विकेटका साथ उत्कृष्ट रहे। कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, इशान पाण्डे र अविनास बोहोराले एउटा–एउटा विकेट हात पारे

Tags :


For Add Product Review. You Need To Login First Login Page