Saturday 12-09-2026

एसियन गेम्समा पदकको खडेरी तोड्ने लक्ष्यमा नेपाली एथलेटिक्स

Logo
Satyapana
  • Friday Aug 21 2026
  • | 828 Read

Share News

एसियन गेम्समा पदकको खडेरी तोड्ने लक्ष्यमा नेपाली एथलेटिक्स

५,भदौ, शुक्रवार, २०८३।  ऐतिहासिक दक्षिण एसियाली खेलकुदमा चार पदक जितेर सुरु भएको नेपाली एथलेटिक्सको यात्रा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको लगातार तीन स्वर्ण र २ घण्टा १५ मिनेट ३० सेकेन्डको दक्षिण एसियाली कीर्तिमानसम्म आइपुग्दा स्वर्णिम बनेको थियो।१३औँ दक्षिण एसियाली खेलकुदमा किरणसिंह बोगटी, गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले स्वर्ण जित्दै नेपाली एथलेटिक्सको सागमा दबदबा कायम राखे। तर एसियन गेम्सको ६ दशकभन्दा लामो इतिहासमा नेपालले जितेका २६ पदकमध्ये एथलेटिक्सको खातामा भने अहिलेसम्म एउटा पनि पदक छैन।

बैकुण्ठ मानन्धरदेखि वर्तमान पुस्तासम्म नेपाली एथलेटिक्सको एउटै लक्ष्य छ—एसियन गेम्समा पदकको खडेरी तोड्ने।यसै लक्ष्यका साथ राष्ट्रिय खेलकुद परिषद्को ‘मिसन २०२६’ अन्तर्गत नेपाली एथलेटिक्स टोली अहिले काठमाडौंको दशरथ रंगशालामा नियमित प्रशिक्षणमा व्यस्त छ। जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियन गेम्स नेपाली धावकका लागि सहभागिताको अवसर मात्र नभई राष्ट्रिय कीर्तिमान सुधार्ने र एसियाली स्तरमा नेपालको उपस्थिति बलियो बनाउने चुनौतीसमेत हुनेछ।खेलाडीहरु स्वास्थ्य, मौसम र अन्य परिस्थितिले साथ दिए आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छन्। तर एसियाली स्तरमा प्रतिस्पर्धा गर्न इच्छा शक्ति मात्रै पर्याप्त नहुने खेल विज्ञहरुको भनाइ छ।

वैज्ञानिक प्रशिक्षण, पोषण, खेल विज्ञान, आधुनिक पूर्वाधार र नियमित अन्तर्राष्ट्रिय एक्सपोजरबिना नेपाली धावकलाई एसियाली ट्रयाकमा प्रतिस्पर्धात्मक गति कायम गर्न कठिन हुने विज्ञहरु बताउँछन्।नेपाली धावकहरु जापानको ट्रयाकमा पदक जितेर इतिहास रच्ने सपना बोकेर तयारीमा जुटेका छन्। त्यसको वास्तविक जवाफ भने उनीहरुको प्रदर्शनले नै दिनेछ।तर अहिले दशरथ रंगशालाको ट्रयाकमा बगिरहेको खेलाडीहरुको पसिनाले नेपाली एथलेटिक्स अब सहभागिताका लागि मात्र नभई एसियन गेम्समा इतिहास बदल्ने लक्ष्यसहित अघि बढिरहेको संकेत गरेको छ।


For Add Product Review. You Need To Login First Login Page