Saturday 12-09-2026

सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार

Logo
Satyapana
  • Friday Sep 04 2026
  • | 864 Read

Share News

सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार

१९ भदौ, २०८३ शुक्रबार। त्रिशूली–३ 'ए' जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्य तीव्र पारिएको छ भने हालसम्म नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सप्तरीका सञ्जय साह र बालकुमारीका कविर महर्जनको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका दुवै जनालाई घटनास्थलमै प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत छाउनी अस्पताल लगिएको छ। नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारका लागि खटिएको छ भने प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहितको नेपाली सेनाको टोली थप मानिसहरूको खोजीका लागि पावर हाउसतर्फ अघि बढेको गृहमन्त्री सुधन गुरूङको सचिवालयले जनाएको छ। यद्यपि, सुरुङभित्रको अवस्था निकै जटिल र जोखिमपूर्ण रहेको छ जहाँ उद्धारकर्ताहरूले सुरुको करिब ६० मिटरसम्म घिस्रिएर र त्यसपछि कुप्रिएर अघि बढ्नुपरेको छ। यसका साथै, सुरुङभित्र वाकीट्वाकी तथा मोबाइलले काम नगरेका कारण बाहिर र भित्र खटिएका उद्धारकर्मीहरूबीच सिधा सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार कार्यमा थप कठिनाιο उत्पन्न भएको छ।


For Add Product Review. You Need To Login First Login Page