Saturday 18-04-2026

प्रतिनिधि सभा सदस्यका लागि रामेछापबाट रोशन कार्कीको नाम सिफारिस

Satyapana
  • Sunday Dec 28 2025
  • | 11599 Read

Share News

प्रतिनिधि सभा सदस्यका लागि रामेछापबाट रोशन कार्कीको नाम सिफारिस

 

रामेछाप—नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले प्रतिनिधिसभा निर्वाचनका लागि अखिल(क्रान्तीकारी) रामेछापका अध्यक्ष रोशन कार्कीलाई  उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टी रामेछापको कार्यदल  बैठकले  नवयुवा क्लस्टरबाट रोशन कार्कीको  नाम सिफारिस गरिएको कार्यदलका एक सदस्यले सत्यपाना डटकमलाइ जानकारी दिनुभयो । रामेछापको राजनीतिमा प्रभावशाली र जुझारु युवा पहिचान बनाउनुभएका रोशन कार्कीलाई नेकपा जिल्ला कमिटीले ’नवयुवा क्लस्टर’ बाट प्रतिनिधिसभाको उम्मेदवारका रूपमा सिफारिस गरेको हो। पार्टीको पछिल्लो बैठकले उहाँलाई युवा नेतृत्वको मुख्य प्रतिनिधिका रूपमा अघि सार्दै सारीउहाँको नाम विशेष प्राथमिकताका साथ माथिल्लो कमिटीमा पठाएका छन ।


पार्टीका अनुसार सिफारिस गरिएका उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाइसकिएको छ। अन्तिम निर्णय केन्द्रीय कमिटीबाट हुने बताइएको छ । कार्की १७ औं जिल्ला सम्मेलन बाट अखिल(क्रान्तिकारी) रामेछाप जिल्ला कमिटी अध्यक्षमा पदमा निर्बाचित हुनुभएको थियो । कार्की गोकुलगंगा गाउँपालिका ३ रस्नालुका हुनुुन्छ । उहाँ कक्षा ७ मा  अध्ययन गदैदेखि नै सक्रिय विद्यार्थी राजनितिमा हुनुुहुन्थ्यो । 
 


For Add Product Review. You Need To Login First Login Page