Saturday 12-09-2026

सुपर सेती जलविद्युत् आयोजनामा पहिरो, दुई कामदारको मृत्यु

Logo
Satyapana
  • Saturday Sep 05 2026
  • | 275 Read

Share News

सुपर सेती जलविद्युत् आयोजनामा पहिरो, दुई कामदारको मृत्यु

२० भदौ, २०८३ शनिबार । कास्कीमा निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा खसेको पहिरोमा परी दुई कामदारको मृत्यु भएको छ। माछापुच्छ्रे गाउँपालिका–१ साँदलमा आज बिहान सडक खन्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा तीन जना कामदार घाइते भएका थिए।

गम्भीर घाइते धनकुटाको पाख्रीबास नगरपालिका–८ का २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा इलामका ३२ वर्षीय भक्तबहादुर मगर घाइते हुनुभएको छ। उहाँको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिहान करिब ११ बजे पहिरो खसेपछि स्थानीयवासी र प्रहरीले उद्धार गरी तीनै जनालाई उपचारका लागि अस्पताल पुर्‍याएका थिए।

माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजना २४ मेगावाट क्षमताको आयोजना हो।


For Add Product Review. You Need To Login First Login Page