Saturday 18-04-2026

नेशनल प्याब्सन खेलकुद सप्ताह: फुटसल प्रतियोगिता सम्पन्न, निर्मल ज्योति स्कूलले जित हात पार्‍यो

Satyapana
  • Wednesday Dec 10 2025
  • | 1485 Read

Share News

नेशनल प्याब्सन खेलकुद सप्ताह: फुटसल प्रतियोगिता सम्पन्न, निर्मल ज्योति स्कूलले जित हात पार्‍यो

२५, मङ्सिर २०८२। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिद्वारा आयोजना गरिएको खेलकुद सप्ताह–२०८२ अन्तर्गत फुटसलतर्फका खेलहरू सम्पन्न भएका छन्। बिहान ९ बजे कपनस्थित दिक्षालय फाउन्डेशनमा प्रारम्भ भएको प्रतियोगितामा विभिन्न विद्यालयका ३९ टिमको उत्साहपूर्ण सहभागिता रहेको थियो।
आज सम्पन्न फुटसलतर्फका खेलमा प्रथम स्थान निर्मल ज्योति स्कूल, दोस्रो मिलन धर्मस्थली स्कूल र तेस्रो कामना स्कूल बनेका छन्। आजको खेल संयोजक नेशनल प्याब्सन काठमाडौँका उपाध्यक्ष नारायणबाबु तिम्सिना रहनुभएको थियो। खेलकुद सफल बनाउन मैदान उपलब्ध गराएकोमा दिक्षालय फाउन्डेशनप्रति उपाध्यक्ष प्रेमकुमार भुजेलले आभार व्यक्त गर्नुभयो। प्रतियोगिताका प्रायोजकमा युनिक पब्लिकेशन, शुभकामना पब्लिकेशन, ट्रीटन कलेज र नेरीक एकेडेमी रहेका छन्।

कार्यक्रमअनुसार भोलिदेखि कबड्डीका खेलहरू सुरु हुनेछन्।

खेलकुद सप्ताहअन्तर्गत फुटसल, बास्केटबल, कबड्डी र तानडोरी गरी चार खेलको आयोजना गरिएको छ। खेलकुद सप्ताह मंसिर २२ मा भव्य उद्घाटनसहित सुरु भइसकेको छ भने आगामी पुस १ गते समापन समारोहका साथ सम्पन्न हुने निर्धारण गरिएको छ।

यस वर्षको खेलकुद सप्ताहमा १३९ भन्दा बढी विद्यालयको उपस्थिति रहनेछ र कक्षा ९ सम्मका विद्यार्थी मात्र सहभागी हुने व्यवस्था गरिएको छ। फुटसल प्रतियोगिताका संयोजक नारायणबाबु तिमल्सिनाका अनुसार पहिलो दिनका खेलहरू प्रतिस्पर्धात्मक र आकर्षक बनेका छन्। विजयी टिमहरूले ट्रफी, मेडल तथा नगद पुरस्कार प्राप्त गर्नेछन्।


For Add Product Review. You Need To Login First Login Page