Search News
दोरम्बा शैलुङ गाउँपालिकामा अध्यक्ष पदका लागि रास्वपाबाट आशिष नगरकोटीको चर्चा
- Monday Aug 24 2026
- | 10054 Read
Share News

८ भदौ सोमबार,२०८३। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २७ वर्षीय युवा आशिष नगरकोटीको सम्भावित उम्मेदवारीको चर्चा एकाएक चुलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर चुनावी तयारी तीव्र पारिरहेका बेला दोरम्बा शैलुङमा नयाँ पुस्ताको सशक्त र सक्षम नेतृत्वका रूपमा नगरकोटीको नाम अग्रस्थानमा आएको हो। उम्मेदवारीको चर्चासँगै स्थानीय राजनीतिमा नयाँ तरङ्ग र युवा पुस्तामा ठूलो उत्साह छाएको छ। सामान्य चिकित्सा अध्ययन, व्यवस्थापनमा स्नातक तथा मेडिकल सर्जरी (Medical Surgery) अध्ययनरत नगरकोटी एक सफल युवा उद्यमी र समाजसेवीका रूपमा परिचित छन्। उनले सामाजिक सेवाका क्रममा सयौँ अनाथ, असहाय तथा विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्यका लागि सहयोग पुर्याउँदै आएका छन्।स्वास्थ्य, शिक्षा, रोजगारी, उद्यमशीलता र सुशासनलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएका नगरकोटी राजनीतिलाई पेसा नभई जनसेवाको सशक्त माध्यम बनाउनुपर्छ भन्ने मान्यता राख्छन्। "लामो समयदेखि देशमा देखिएको निराशा, भ्रष्टाचार र अवसरको असमानताले गर्दा अब नयाँ पुस्ताले प्रश्न मात्र गर्ने होइन, जिम्मेवारी नै लिनुपर्छ भन्ने महसुस गरेर अघि बढेको हुँ," नगरकोटी बताउँछन्।
विकास, सुशासन र युवा रोजगारीको नयाँ खाका
दोरम्बा शैलुङ गाउँपालिकाको समृद्धिका लागि नगरकोटीसँग स्पष्ट दृष्टिकोण र योजना रहेको देखिन्छ। पालिकाभित्र रहेका प्राकृतिक तथा सांस्कृतिक सम्भावनाको पहिचान गरी कृषि र पर्यटनलाई व्यवसायसँग जोड्ने, सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको गुणस्तरमा व्यापक सुधार गर्ने उनको प्राथमिक एजेन्डा छ। युवा पलायनको गम्भीर समस्याबारे बोल्दै नगरकोटी भन्छन्, "युवालाई विदेश जानबाट रोक्ने मात्र होइन, स्वदेशमै भविष्य देख्ने वातावरण बनाउनु आवश्यक छ।" स्थानीय स्तरमै सीपमूलक तालिम, सहुलियतपूर्ण वित्तीय पहुँच, प्रविधि र बजारसँग जोडेर साना तथा मझौला उद्योग र डिजिटल रोजगारीका अवसर सिर्जना गर्ने उनको सोच छ।
यसैगरी, स्थानीय सरकारमा सुशासन र पूर्ण पारदर्शिता कायम गर्नु नै आफ्नो नेतृत्वको मूल आधार हुने उनी स्पष्ट पार्छन्। जनताको करबाट आएको प्रत्येक रुपैयाँ पारदर्शी रूपमा खर्च हुनुपर्ने र सार्वजनिक सुनुवाइ, डिजिटल सूचना प्रणाली तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लागू गरेर जनतासँग प्रत्यक्ष संवाद कायम गर्ने उनले प्रतिबद्धता जनाएका छन्। यसैगरी, स्थानीय सरकारमा सुशासन र पूर्ण पारदर्शिता कायम गर्नु नै आफ्नो नेतृत्वको मूल आधार हुने उनी स्पष्ट पार्छन्। जनताको करबाट आएको प्रत्येक रुपैयाँ पारदर्शी रूपमा खर्च हुनुपर्ने र सार्वजनिक सुनुवाइ, डिजिटल सूचना प्रणाली तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लागू गरेर जनतासँग प्रत्यक्ष संवाद कायम गर्ने उनले प्रतिबद्धता जनाएका छन्।
पुराना दल किचलोमा, रास्वपा चुनावी तयारीमा
आशिष नगरकोटी जस्ता युवाहरू चुनावी मैदानमा उत्रिने वातावरण बनिरहँदा केन्द्रमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो साङ्गठनिक र रणनीतिक तयारीलाई तीव्र बनाएको छ। सङ्घीय संसदमा बलियो उपस्थिति रहे पनि प्रदेश र स्थानीय तहमा उपस्थिति कमजोर रहेको महसुस गर्दै रास्वपाले ९ महिनापछि हुने अनुमान गरिएको स्थानीय चुनावका लागि अहिल्यैदेखि आन्तरिक गृहकार्य सुरु गरेको हो।
पार्टीले भदौ १ गते वनस्थलीस्थित केन्द्रीय कार्यालयबाट ‘क्यान्डिडेट क्लब’ को शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पदका लागि देशभरबाट आवेदन खुला गरिसकेको छ। मेरिटोक्रेसी (योग्यता प्रणाली) र सक्षम नेतृत्व स्थापित गर्ने उद्देश्यले ल्याइएको यस अवधारणाअन्तर्गत उम्मेदवार बन्न चाहनेहरूको कानुनी, आर्थिक, सामाजिक तथा चारित्रिक पृष्ठभूमि परीक्षण गरी ‘लिडरसिप एकेडेमी’ मार्फत तालिम दिएर मात्र चुनावी मैदानमा उतारिने सभापति रवि लामिछानेले बताएका छन्। रास्वपा केन्द्रीय समिति बैठकले ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ र जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने निर्णयसमेत गरिसकेको छ।
अर्कोतर्फ, देशका पुराना तथा प्रमुख राजनीतिक दलहरू भने आन्तरिक विवाद र सत्ता किचलोमा रुमल्लिरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस १५औं महाधिवेशन र आन्तरिक गुटबन्दीमा अल्झिएको छ भने नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहसले विवाद सिर्जना गरेको छ। त्यस्तै, विभिन्न घटक मिलेर बनेको नेकपाभित्र पनि सांगठनिक एकता र नेतृत्व हस्तान्तरणको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ।
पुराना दलहरू आफ्नै झमेलामा व्यस्त भई तल्लो तहसम्मको चुनावी तयारीमा सुस्त देखिँदा रास्वपाको ‘क्यान्डिडेट क्लब’ र दोरम्बा शैलुङमा आशिष नगरकोटी जस्ता शिक्षित, योग्य र समाजसेवी युवाहरूको सम्भावित उम्मेदवारीले आगामी स्थानीय निर्वाचनमा नयाँ र सकारात्मक परिवर्तनको सङ्केत गरेको स्थानीय बुद्धिजीवीहरूको बुझाइ छ।

For Add Product Review. You Need To Login First Login Page
-
LATEST
-
POPULAR




















