Search News
खिम्ती ग्रामीण विद्युत तथा सहकारी संस्थाद्वारा विद्युत महसुल भुक्तानीमा अनलाइन सेवा सुरु
- Wednesday Oct 14 2026
- | 1919 Read
Share News

२८ असोज २०८३, बुधबार । खिम्ती ग्रामीण विद्युत तथा सहकारी संस्थाले आफ्ना सदस्य तथा उपभोक्ताको सहजताका लागि अनलाइन प्रणाली सुरु गर्दै ‘इसेवा’ (eSewa) मार्फत विद्युत महसुल भुक्तानी गर्न सकिने व्यवस्था ल्याएको छ। यो व्यवस्थासँगै अब उपभोक्ताले बिल तिर्नकै लागि अनिवार्य रूपमा महसुल काउन्टरसम्म धाउनुपर्ने बाध्यता हटेको छ। संस्थाले उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै घरमै बसेर इसेवामार्फत अनलाइन भुक्तानी गर्ने, मिटर रिडिङका लागि कर्मचारी पुगेका बेला घरमै बुझाउने वा पहिलेझैँ महसुल केन्द्रमै गएर तिर्ने गरी तीनवटा सहज विकल्प खुला गरेको छ।
अनलाइन सेवाले उपभोक्ताको समय र श्रम बचत गर्नुका साथै भुक्तानी प्रक्रियालाई थप छरितो र प्रविधिमैत्री बनाउने संस्थाका सञ्चालक समिति सदस्य रोशन कार्कीले बताउनुभयो। विशेषगरी टाढाका बस्तीमा बसोबास गर्ने, व्यस्त रहने तथा कार्यालयसम्म पुग्न कठिनाइ हुने उपभोक्तालाई यसबाट ठूलो राहत पुग्ने उहाँको भनाइ छ। समयअनुसार सेवा प्रवाहलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था सुरु गरिएको जनाउँदै संस्थाले आफ्ना सम्पूर्ण उपभोक्तालाई आफूलाई पायक पर्ने विकल्प रोजेर समयमै महसुल बुझाउन आग्रह गरेको छ।

For Add Product Review. You Need To Login First Login Page
-
LATEST
-
POPULAR



















