Friday 29-05-2026

अन्तर्राष्ट्रिय उतारचढावको असर: नेपाली बजारमा सुनचाँदी महँगिँदै

Satyapana
  • Wednesday Dec 03 2025
  • | 3603 Read

Share News

अन्तर्राष्ट्रिय उतारचढावको असर: नेपाली बजारमा सुनचाँदी महँगिँदै

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मोल रु. ११० ले बढेर तोलामा रु. तीन हजार ६५५ निर्धारण भएको छ ।

मङ्गलबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ५४५ मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।  रासस

Tags :


For Add Product Review. You Need To Login First Login Page