Search News
ग्यास अभावले होटल–रेस्टुरेन्टको व्यवसाय प्रभावित
- 6 दिन अगाडि
- | 544 Read
Share News

२० भदौ, २०८३ शनिबार। काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किँदा होटल तथा रेस्टुरेन्टको व्यवसाय प्रभावित भएको छ। अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा दैनिक १० देखि १५ सिलिन्डर ग्यास खपत हुँदै आए पनि अहिले तीन–चार सिलिन्डरकै भरमा सञ्चालन गर्नुपर्ने अवस्था छ। ग्यास अभावकै कारण परिकारको संख्या घटाउनुका साथै करिब ५० प्रतिशत कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको रेस्टुरेन्ट सञ्चालकको भनाइ छ।
अनामनगरकै शिखर फास्ट फुडले पनि दैनिक करिब तीन सिलिन्डर ग्यास खपत गर्ने भए पनि एक सातादेखि ग्यास नआएपछि विद्युतीय चुलोको प्रयोग गरेर व्यवसाय धानिरहेको छ। नियमित आपूर्ति नहुँदा उपत्यकाका अधिकांश होटल तथा रेस्टुरेन्ट प्रभावित भएका छन्।
मुख्य सडक अवरुद्ध भएपछि आपूर्ति प्रभावित भएकाले सरकारले ठूला होटल, रेस्टुरेन्ट तथा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री नगर्ने निर्णय गरेको छ। उपभोक्ता अधिकारकर्मीले भने ग्यास अभाव गहिरिनुमा सरकार तथा नेपाल आयल निगमको कमजोर व्यवस्थापन र पूर्वतयारीलाई जिम्मेवार ठहर गरेका छन्।
हाल बजारको दैनिक मागभन्दा करिब ३२ हजार सिलिन्डर ग्यास अपुग रहेको व्यवसायीको भनाइ छ। आपूर्ति सहज बनाउन व्यवसायीले थप करिब ४ सय ट्रक परिचालन गरी तराईमै ग्यास रिफिल गरेर वैकल्पिक मार्गमार्फत काठमाडौं ल्याउने तयारी गरेका छन्।
सरकारले भने पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको सडक अवरुद्ध भएकाले तत्काल आपूर्ति सामान्य बनाउन कठिन हुने जनाएको छ। वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ढुवानी सुरु भइसकेको र क्रमशः आपूर्ति बढाउँदै लैजाने सरकारी पक्षको भनाइ छ। विपद्पछि प्रभावित क्षेत्रमा समेत ग्यास पुर्याउनुपर्ने र मुख्य ढुवानी मार्ग अवरुद्ध हुँदा अहिले आपूर्तिमा थप दबाब परेको छ।

For Add Product Review. You Need To Login First Login Page





















