Wednesday 28-10-2026

विपद् प्रभावितका लागि ह्वासिया इन्भेस्टमेन्टद्वारा २० लाख रुपैयाँ सहयोग

Logo
Satyapana
  • Tuesday Sep 01 2026
  • | 1814 Read

Share News

विपद् प्रभावितका लागि ह्वासिया इन्भेस्टमेन्टद्वारा २० लाख रुपैयाँ सहयोग

१६ भदौ, २०८३ मंगलबार। ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनामा खर्च गरिनेछ। सहयोग ग्रहण गर्दै उद्योगमन्त्री यादवले विपद्को यस कठिन घडीमा मानवीय उत्तरदायित्व निर्वाह गर्दै सहयोग पुर्‍याएकोमा ह्वासिया इन्भेस्टमेन्ट कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभयो। प्राप्त रकम वास्तविक पीडितसम्म पुग्ने गरी सदुपयोग गरिने प्रतिबद्धता जनाउँदै उहाँले विपद् व्यवस्थापनमा निजी क्षेत्र तथा विभिन्न संघ–संस्थाको यस्तो हातेमालोले सरकारी राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउने उल्लेख गर्नुभयो।


For Add Product Review. You Need To Login First Login Page