Friday 11-09-2026

बाढीपीडितको लागि नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

Logo
Satyapana
  • 4 दिन अगाडि
  • | 645 Read

Share News

बाढीपीडितको लागि नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

२२, भदौ २०८३ सोमबार । नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आज रु एक करोड ३८ लाख ९९ हजार ४२५ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट सङ्कलित रकम कोषमा जम्मा गरिएको हो । राष्ट्र बैंकको गभर्नर कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि गभर्नर, डिपुटी गभर्नर तथा बैंकमा कार्यरत स्थायी तथा करार तहका कर्मचारीहरूले सामूहिक रूपमा योगदान गरी सङ्कलन गरिएको रकम कोषमा जम्म गरिएको जनाइएको छ ।


For Add Product Review. You Need To Login First Login Page