Tuesday 28-07-2026

सुनापतिको अग्लेश्वर माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

Logo
Satyapana
  • Tuesday Dec 16 2025
  • | 4103 Read

Share News

सुनापतिको अग्लेश्वर माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ पुस, २०८२। रामेछापको  जिल्लाको सुनापति गाउँपालिका–२ स्थित अग्लेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई जाडो मौसमलाई लक्षित गरी न्यानो कपडा वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप केसीको पहलमा काठमाडौँस्थित ज्वजलपा ग्वहाली पुच संस्थाको सहयोगमा उक्त सामग्री उपलब्ध गराइएको हो।

मंगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिशु कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत ६३ जना तथा आर्थिक रूपमा कमजोर १८ जना गरी जम्मा ८१ जना विद्यार्थीलाई टोपी, स्वीटर र जुत्ता–मोजा प्रदान गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो। साथै, कमजोर आर्थिक अवस्था भएका १८ जना विद्यार्थीलाई कापी र पेनजस्ता शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ।

अध्यक्ष केसीका अनुसार हाल न्यानो कपडा नपुगेका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि पनि केही हप्ताभित्र आवश्यक व्यवस्था गरिनेछ।

विद्यालयमै निःशुल्क न्यानो कपडा तथा सामग्री पाएपछि विद्यार्थीहरूले सहयोगी संस्था, विद्यालय र व्यवस्थापन समितिप्रति खुशी व्यक्त गर्दै आभार प्रकट गरेका छन्।


For Add Product Review. You Need To Login First Login Page