श्री कृष्णपुरी माविमा चित्रबहादुर मानन्धरको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति पुनर्गठन
- Wednesday Jan 14 2026
- | 857 Read
Share News

रामेछापको सुनापती गाउँपालिका–५ रुपाकोटस्थित श्री कृष्णपुरी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ।
विद्यालयले आज मिति २०८२/०९/३० गते सुनापती गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलबहादुर बमको आतिथ्यमा शिक्षक, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी तथा अभिभावकहरूको भेलाबाट नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो।
पुनर्गठित समितिको अध्यक्षमा चित्रबहादुर मानन्धर चयन हुनुभएको छ। समितिका सदस्यहरूमा पदमबहादुर तामाङ, रामबहादुर तामाङ, रामहरि जर्गा, सञ्जीव केसी, किरण मानन्धर, इन्दिरा खड्का र चण्डिका सुन्च्यौरी रहनुभएको छ। शिक्षक प्रतिनिधिका रूपमा रोमन लामा चयन हुनुभएको छ भने सदस्य सचिवमा सुमन थिङ रहनुभएको छ।
कार्यक्रममा निवर्तमान विद्यालय व्यवस्थापन समितिले गरेको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिएको थियो। साथै, नवनिर्वाचित समितिलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार र संस्थागत विकासमा सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ।

For Add Product Review. You Need To Login First Login Page

















