Tuesday 28-07-2026

इन्जिनियरिङ कलेज नेपाल सङ्घको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति निर्वाचित

Logo
Satyapana
  • Saturday Jan 03 2026
  • | 2422 Read

Share News

इन्जिनियरिङ कलेज नेपाल सङ्घको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति निर्वाचित

 

काठमाडौँ । इन्जिनियरिङ कलेज नेपाल सङ्घ (एओइसीएन) को आज सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

साधारण सभाबाट हरि भण्डारी (अक्सफोर्ड कलेज) सभापतिमा चयन हुनुभएको छ। उपसभापतिमा तोय नारायण पौडेल (हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज), सचिवमा नवराज पोख्रेल (केआईसी) तथा कोषाध्यक्षमा ललन तिवारी (ललितपुर इन्जिनियरिङ कलेज) निर्वाचित हुनुभएको छ।

यसैगरी सदस्यहरूमा मन्दिप सुवेदी (युनिभर्सल कलेज), धनप्रसाद पौडेल (नेसनल कलेज), किशोर गौतम (हिमालयन कलेज), अरुण कुमार भण्डारी (एभरेस्ट इन्जिनियरिङ कलेज) र सरोज दाहाल (सिआइटिइ) चयन हुनुभएको छ।

निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई साधारण सभाले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। इन्जिनियरिङ कलेज नेपाल सङ्घले इन्जिनियरिङ शिक्षाको गुणस्तर अभिवृद्धि तथा कलेजहरूको साझा हितका विषयमा काम गर्दै आएको छ।


For Add Product Review. You Need To Login First Login Page