Saturday 18-04-2026

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

Satyapana
  • Sunday Dec 14 2025
  • | 1313 Read

Share News

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

२८ मंसिर, २०८२। गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित विघटित प्रतिनिधि सभाका सदस्य एवम् सङ्घीय संसद अन्तर्गतको अर्थ समितिका तत्कालीन सभापति समेत रहनुभएका चालिसेविरुद्ध पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । 

आयोगका अनुसार नगरप्रमुख पदमा निर्वाचित भइ सार्वजनिक पदमा प्रवेश गरेको मिति २०७४ जेठ ८ गतेदेखि २०७९ साल असार ३२ गते पाँच वर्षको कार्यकालको अवधिलाई जाँच गर्दा निज र निजको एकाघर परिवार/सगोलमा रहेका व्यक्तिको आम्दानी चार करोड ८८ लाख ३५ हजार ८३३ रुपियाँ रहेको र सोही अवधिमा आठ करोड ५६ लाख ८३ हजार ५९५ रुपियाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको छ । 

कुल आय चार करोड ८८ लाख ३५ हजार ८३३ बाट सोही अवधिको कुल खर्च आठ लाख ५६ लाख ८३ हजार ५९५ रुपियाँ घटाउँदा तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपियाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको आयोगको विज्ञप्तिमा उल्लेख छ । 

चालिसेसहित श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सन्जिव चालिसे र बुहारी प्रमिला पोखरेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।


For Add Product Review. You Need To Login First Login Page