Breaking News ::
सुनको मूल्य नयाँ कीर्तिमान, प्रतितोला २ लाख ५८ हजार ८ सय पुग्यो
Satyapana
- Sunday Dec 14 2025
- | 1481 Read
Share News

२८ मंसिर, २०८२। आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले बढ्दै २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ, जुन दुई महिनाअघिको रेकर्डभन्दा बढी हो।
यसअघि असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। अघिल्लो दिन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार नयाँ कीर्तिमान बनाउँदै बढेको हो।
चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९०५ रुपैयाँमा हालसम्मकै उच्च रेकर्ड बनाएको चाँदी आइतबार ८० रुपैयाँले घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँमा झरेको छ।

For Add Product Review. You Need To Login First Login Page



















