Friday 31-07-2026

दुई वर्षदेखि स्याउ बिमा रकम नपाएका जुम्लाका किसान आन्दोलनमा

Logo
Satyapana
  • Sunday Dec 07 2025
  • | 3518 Read

Share News

दुई वर्षदेखि स्याउ बिमा रकम नपाएका जुम्लाका किसान आन्दोलनमा

जुम्लाका स्याउ किसानले लगातार दुई आर्थिक वर्षदेखि बिमा रकम नपाएपछि आक्रोश बढेको छ। प्राकृतिक विपद्को कारण स्याउबारीमा भएको क्षति दाबी गर्न धेरैपटक आग्रह गरे ता पनि भुक्तानी नआएपछि किसानहरु संगठित रूपमा आन्दोलनको तयारीमा छन्।

तातोपानी गाउँपालिकाका किसानहरूले शिखर इन्स्योरेन्स कम्पनीले २०८०/८१ र २०८१/८२ आर्थिक वर्षका स्याउ क्षतिको दाबी भुक्तानी नगरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार, क्षति मूल्यांकन प्रतिवेदन पठाए पनि कम्पनीले रकम दिन आनाकानी गरिरहेको छ।

यसै कारण किसानहरूले १७ सदस्यीय पहल समिति गठन गरेर सामूहिक रुपमा दबाब सिर्जना गर्न थालिएको संयोजक पदमबहादुर डाँगीले जानकारी दिए। उनका अनुसार, मूल्यांकन प्रक्रियामा खडेरीबाट भएको क्षति समेटिएको छैन र न्यून दर कायम गरिएको भन्दै समितिले संस्थागत रुपमा संवादको तयारी गरिरहेको छ।

पहिलो चरणमा बिमा गराएका किसानहरूको विवरण संकलन, क्षतिको यकिन र त्यसपछि शिखर इन्स्योरेन्ससँग औपचारिक छलफल गर्ने योजना समिति बनाएको छ। किसानहरूलाई सम्पर्कमा आउन पनि आग्रह गरिएको छ।

तातोपानी–४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार, कम्पनीले जुम्लाका विभिन्न स्थानीय तहमा विभेदपूर्ण मूल्यांकन गरेको गुनासो किसानबाट निरन्तर आउँछ। उनले किसानको आशा र मेहनतलाई ठेस नपुर्‍याउन इन्स्योरेन्स कम्पनीलाई चेतावनीसमेत दिए।

किसानहरूले प्राकृतिक प्रकोपबाट सुरक्षा पाउन भन्दै स्याउ बिमा गरेका थिए तर क्षति भुक्तानी नहुँदा अब संगठित आन्दोलन बाहेक विकल्प नरहेको उनीहरूको भनाइ छ।


For Add Product Review. You Need To Login First Login Page