Saturday 18-04-2026

सुनको मूल्य वृद्धि: एकैदिन तोलामा १४ हजार ६०० ले बढ्यो

Satyapana
  • Wednesday Mar 25 2026
  • | 577 Read

Share News

सुनको मूल्य वृद्धि: एकैदिन तोलामा १४ हजार ६०० ले बढ्यो

११ चैत २०८२, बुधबार । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु  चार हजार ९२० कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको थियो ।
गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो भने आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ५४० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


For Add Product Review. You Need To Login First Login Page