Saturday 18-04-2026

सुनको मूल्यमा भारी गिरावट: एकैदिन ७ हजार ८०० ले घट्यो

Satyapana
  • Friday Mar 20 2026
  • | 610 Read

Share News

सुनको मूल्यमा भारी गिरावट: एकैदिन ७ हजार ८०० ले घट्यो

६ चैत २०८२, शुक्रबार।  स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उच्च गिरावट आउने क्रम आज शुक्रबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८९५ रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार एक तोला सुन तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १५० रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


For Add Product Review. You Need To Login First Login Page