Tuesday 28-07-2026

निर्वाचनको मुखमा ग्यास भण्डारण बढाइयो,एकैदिन १३८ बुलेट नेपाल भित्रियो

Logo
Satyapana
  • Wednesday Feb 25 2026
  • | 2041 Read

Share News

निर्वाचनको मुखमा ग्यास भण्डारण बढाइयो,एकैदिन १३८ बुलेट नेपाल भित्रियो

काठमाडौं ।आसन्न प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था थप सुदृढ बनाएको जनाएको छ। निर्वाचन अवधिमा सम्भावित बढ्दो मागलाई सम्बोधन गर्न निगमले ग्यास आयातको मात्रा उल्लेख्य रूपमा बढाएको हो।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार मंगलबार मात्रै भारतबाट यो वर्षकै उच्च परिमाणमा ग्यास नेपालतर्फ पठाइएको छ।  विभिन्न डिपोबाट कुल १३८ बुलेट ग्यास लोड भई नेपालका लागि प्रस्थान गरेको जानकारी दिइएको छ।

निगमले दिएको विवरणअनुसार बरौनी र मथुरा डिपोबाट ३६–३६ बुलेट, पारादीपबाट ४०, दुर्गापुरबाट २४ तथा हल्दियाबाट २ बुलेट ग्यास नेपालका लागि पठाइएको हो। उक्त परिमाण करिब १ लाख ७३ हजार ८ सय सिलिण्डर बराबर हुने निगमले जनाएको छ।

निर्वाचन अवधिमा उपभोक्तालाई ग्यास अभाव हुन नदिन आवश्यक तयारी गरिएको उल्लेख गर्दै निगमले आपूर्ति व्यवस्थालाई नियमित र सहज बनाइएको स्पष्ट पारेको छ। “निर्वाचनको समयमा पनि उपभोक्ताले बिना अवरोध ग्यास पाउने व्यवस्था मिलाइएको छ,” भट्टले बताएका छन्।


For Add Product Review. You Need To Login First Login Page