Tuesday 28-07-2026

कांग्रेसका कृष्णप्रसाद यादव मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त

Logo
Satyapana
  • Friday Dec 05 2025
  • | 8530 Read

Share News

कांग्रेसका कृष्णप्रसाद यादव मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त

मङ्सिर १९ गते। नेपाली कांग्रेस मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ।

शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

प्रदेश प्रमुख कर्णले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र नेकपा  (एकीकृत समाजवादी) गरी छवटा राजनीतिक दलको ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।
यसअघि प्रदेश प्रमुख कर्णले २०८२ मंसिर १९ गते शुक्रबार दिउँसो ५ बजेभित्र बहुमत प्राप्त गर्ने दाबी पेश गर्न आह्वान गर्नुभएको थियो। सोही आह्वानअनुसार छ दलको समर्थनसहित कांग्रेस संसदीय दलका नेता यादवले दाबी पेश गर्नुभएको थियो।

प्राप्त दाबीको परीक्षणपछि प्रदेश प्रमुखले यादवलाई संविधानको व्यवस्थाअनुसार मधेश प्रदेशका मुख्यमन्त्री नियुक्त गरेको कार्यालयले जनाएको छ।

 


For Add Product Review. You Need To Login First Login Page