Saturday 18-04-2026

दोरम्बा शैलुङमा सुन्तला खेती ग्रामीण अर्थतन्त्रको आधार

Satyapana
  • Saturday Dec 27 2025
  • | 961 Read

Share News

दोरम्बा शैलुङमा सुन्तला खेती ग्रामीण अर्थतन्त्रको आधार

रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा सुन्तला उत्पादन प्रायः राम्रो हुने गरेको छ। राम्रो  हावापानी र माटो अनुकूल भएकाले यहाँका अधिकांश बगैँचामा प्रत्येक वर्ष सन्तोषजनक उत्पादन हुने गरेको किसानहरूको भनाइ छ। यद्यपि, मौसम प्रतिकूल भएका कुनै वर्षमा भने उत्पादन प्रभावित हुने गरेको छ।

गाउँपालिकाका विभिन्न वडामा किसानहरूले सुन्तला खेतीलाई निरन्तरता दिँदै आएका छन्। उत्पादन भएको सुन्तला स्थानीय मेला,  तथा जात्रामा बिक्री वितरण गरिन्छ। मेलाका अवसरमा किसान स्वयंले उपभोक्तासम्म पुगेर सुन्तला बिक्री गर्ने प्रचलन छ, जसले बजार पहुँच सहज बनाएको छ।

स्थानीयस्तरमै खपत नभएको सुन्तला काठमाडौँलगायत बाहिरी बजारमा पठाइने गरिएको छ। विशेषगरी रामेछापको सुन्तला स्वाद र गुणस्तरका कारण राजधानीका बजारमा पहिचान बनाउँदै आएको स्थानीय व्यापारीहरू बताउँछन्। किसानले आफ्नै उत्पादन बिक्री गरेर नगद आम्दानी गर्ने गरेका छन्।

किसानहरूका अनुसार सुन्तला बिक्रीबाट प्राप्त आम्दानी नै घरखर्च धान्ने प्रमुख स्रोत बनेको छ। खाद्यान्न, शिक्षा, स्वास्थ्य उपचार र अन्य दैनिक खर्च सुन्तलाबाट आएको आम्दानीबाट व्यवस्थापन हुने गरेको उनीहरूको भनाइ छ। वैकल्पिक रोजगारीको अभाव रहेका ग्रामीण क्षेत्रमा सुन्तला खेती आर्थिक आधारका रूपमा रहेको छ।


स्थानीय किसान र सरोकारवालाहरूले उत्पादन, भण्डारण र बजारीकरण व्यवस्थित  गर्न सके सुन्तला खेती अझ टिकाउ बन्ने विज्ञ बताउ छन्। हाल सुन्तला उत्पादन दोरम्बा शैलुङ गाउँपालिकाको ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ।


For Add Product Review. You Need To Login First Login Page