Search News
Breaking News ::
राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापाको नाम राष्ट्रियसभा उम्मेदवारमा
Satyapana
- Sunday Dec 21 2025
- | 2358 Read
Share News

नेपाली कांग्रेसका नेता सुनिल थापालाई राष्ट्रियसभा सदस्यको उम्मेदवारमा सिफारिस गरिएको छ। थापाले केही दिन अगाडि राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारको पदबाट राजीनामा दिनुभएको थियो ।
कांग्रेसको कोशी प्रदेश समितिको बैठकले थापाको नाम राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको हो कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझीले जानकारी दिनुभयो ।
थापा २०७९ चैत १६ गते राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकार नियुक्त हुनुभएको थियो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट धनकुटामा प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएका उहाँ एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित हुनुभएको थियो ।

For Add Product Review. You Need To Login First Login Page




















