Search News
नेकपा रामेछापले टुङ्ग्यायो एकता प्रक्रिया; इन्चार्जमा श्रेष्ठ, संयोजकमा घिसिङ
- Monday Aug 10 2026
- | 1544 Read
Share News

२५ साउन,२०८३ सोमबार। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रामेछापले जिल्ला स्तरका साथै सबै पालिका तहको सांगठनिक समायोजन तथा कार्यविभाजन प्रक्रिया पूर्ण रूपमा टुङ्ग्याएको छ। पार्टीको पछिल्लो निर्णयअनुसार जिल्लाको नेतृत्व, विभिन्न पालिकाका इन्चार्ज, सह-इन्चार्ज, संयोजक तथा सह-संयोजकहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ। पार्टी स्रोतका अनुसार जिल्ला इन्चार्जको जिम्मेवारी श्यामकुमार श्रेष्ठ ‘कुशल’ र संयोजकको जिम्मेवारी लालसिंह घिसिङले समाल्नुहुनेछ ।
यसैगरी, जिल्लाका आठवटै स्थानीय तहहरूमा तोकिएका नेतृत्व तथा जिम्मेवारी निम्नानुसार रहेको छ:
मन्थली नगरपालिका
इन्चार्ज: उद्धव रमतेल
सह-इन्चार्ज: रमेश बोहोरा
संयोजक: नवीन कार्की (रबीन)
रामेछाप नगरपालिका
इन्चार्ज: शिशिर खड्गी
संयोजक: मोतीलाल तामाङ
सह-संयोजक: सूर्य बहादुर कार्की
उमाकुण्ड गाउँपालिका
इन्चार्ज: मदन कालिकोटे
सह-इन्चार्ज: अनन्त खड्का
संयोजक: बिकास कार्की
सह-संयोजक: भेष बहादुर कार्की
गोकुलगंगा गाउँपालिका
इन्चार्ज: राजकुमार बस्नेत
सह-इन्चार्ज: राम बहादुर तामाङ
संयोजक: इन्द्र बहादुर तामाङ (विशाल)
सह-संयोजक: शंकर कार्की
लिखू तामाकोशी गाउँपालिका
इन्चार्ज: ध्रुव कार्की
सह-इन्चार्ज: लेख बहादुर थापा
संयोजक: शेर बहादुर खड्का
सह-संयोजक: दर्पण घिसिङ
खाँडादेवी गाउँपालिका
इन्चार्ज: गंगा बुढाथोकी
सह-इन्चार्ज: अरुण सिन्जाली मगर
संयोजक: रमेश कुमार तामाङ
सह-संयोजक: सुन्तली तामाङ
सुनापती गाउँपालिका
इन्चार्ज: पेमा लामा
सह-इन्चार्ज: ठूलाकान्छा तामाङ
संयोजक: चण्डेश्वर चौलागाईं
सह-संयोजक: हिमाल ज्ञापक
दोरम्बा गाउँपालिका
इन्चार्ज: नीर बहादुर श्रेष्ठ
सह-इन्चार्ज: कुमार कँडेल
संयोजक: टीका मालबुके
सह-संयोजक: जीत बहादुर मगर

For Add Product Review. You Need To Login First Login Page





















