Saturday 12-09-2026

कांग्रेस इतर समूहले महाधिवेशनका लागि ७७ वटै जिल्लामा प्रतिनिधि परिचालन गर्यो

Logo
Satyapana
  • 4 घण्टा अगाडि
  • | 345 Read

Share News

कांग्रेस इतर समूहले महाधिवेशनका लागि ७७ वटै जिल्लामा प्रतिनिधि परिचालन गर्यो

२७, भदौ २०८३ शनिबार ।  नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किरहेका बेला इतर समूहले आसन्न महाधिवेशन तथा तल्लो तहका अधिवेशनहरूलाई लक्षित गर्दै देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौंमा कल्याणी रिजाल, मोरङमा भीम पराजुली, झापामा महीन्द्रा कुमारी लिम्बु र पाँचथरमा सुर्यकुमार दाहाल लगायतका नेताहरूलाई जिल्ला प्रतिनिधिको जिम्मेवारी तोकिएको छ।

भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले तय गरेको कार्यतालिका अनुसार अधिवेशनलाई व्यवस्थित बनाउन जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा तहका तयारी समितिहरू असोज ३ गतेभित्र गठन गरिसक्नुपर्नेछ भने असोज १५ गतेदेखि वडा अधिवेशन औपचारिक रूपमा सुरु गरिनेछ। संयोजक कुइँकेलले महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीका सबै तहका जिम्मेवार नेता-कार्यकर्ता, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई आवश्यक सहयोग र सक्रिय सहभागिताका लागि अपिल समेत गरेका छन्।


For Add Product Review. You Need To Login First Login Page