Tuesday 14-04-2026

कमजोरी सच्याउँदै संगठन बलियो बनाउनुपर्छ- माधव नेपाल

Satyapana
  • Saturday Dec 20 2025
  • | 1839 Read

Share News

कमजोरी सच्याउँदै संगठन बलियो बनाउनुपर्छ- माधव नेपाल

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले अहिले आफूहरूले गरेका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो  । उहाँले अहिले अरू पार्टीहरूको आलोचना गर्ने समय नभएको बताउँदै आफू नै सच्चिएर अघि बढ्नुपर्ने बेला भएको बताउनुभयो ।

सो पार्टीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले एकताको सन्देश लिएर गाउँ गाउँमा जान कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो । अहिले आफ्नो विचारलाई जनताको बिचमा लिएर गइरहेको बताउँदै उहाँले नयाँ नेपाल निर्माण गर्ने आफूहरूको अभियान रहेको बताउनुभयो। 

सह–संयोजक नेपालले अहिले ७७ वटै जिल्ला र स्थानीय तहमा कार्यक्रमहरू भइरहेको बताउँदै पार्टीभित्र मौलाइरहेको खतरनाक प्रवृतिको पनि आलोचना गर्नुभयो। उहाँले नेता बन्ने तर जनताका बिचमा नजाने प्रवृत्तिलाई छुट दिन नसकिने समेत उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी जनतासँग एकाकार बन्न चाहन्छौ, कुरा मात्रै ठुला गर्ने, नेताका वरिपरि पूजा गरेर बस्ने तर जिम्मेवारी पुरा नगर्नेलाई छुट दिन सकिँदैन । हामी नेता र कार्यकर्ता राम्रो बनाउन पनि लागिपरेका छौँ ।’


For Add Product Review. You Need To Login First Login Page