Tuesday 28-07-2026

मुख्यमन्त्री यादवले पाए विश्वासको मत।जनमुखी कामलाई प्राथमिकता दिने मन्त्री यादवको प्रतिबद्दता

Logo
Satyapana
  • Friday Dec 19 2025
  • | 1242 Read

Share News

मुख्यमन्त्री यादवले पाए विश्वासको मत।जनमुखी कामलाई प्राथमिकता दिने मन्त्री यादवको प्रतिबद्दता

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट शुक्रबार विश्वासको मत प्राप्त गरेपछि सरकार स्थायी हुने र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताउनु भएको छ । 
उहाँले सीमित स्रोतसाधनका बाबजुद शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो ।मुख्यमन्त्री यादवका अनुसार आगामी ४–५ दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइनेछ। सरकारको पहिलो प्राथमिकता सुशासन कायम, बेथिति अन्त्य र विकास निर्माणका कार्यलाई तीव्रता दिनु रहेको समेत मुख्यमन्त्री यादवले बताउनुभयो। साथै जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने कार्यक्रम ल्याइने समेत उहाले बताउनुब्जयो । उहाले सबैको भावना र सुझावको कदर गर्दै अगाडि बढ्ने समेत स्पष्ट पार्नुभयो ।
मधेस प्रदेशका जनताले चाहेको स्थिर सरकार अब सम्भव भएको भन्दै मुख्यमन्त्री यादवले जनताको भरोसालाई कामबाटै प्रमाणित गर्ने प्रतिबद्धता समेत गर्नुभयो।


For Add Product Review. You Need To Login First Login Page