एमाले महाधिवेशन उद्घाटनस्थलमा कडा सुरक्षा व्यवस्था
- Saturday Dec 13 2025
- | 1281 Read
Share News

२७ मंसिर, २०८२ ।नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन आएका व्यक्तिहरूलाई उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ।
गेटमा तैनाथ सुरक्षाकर्मीहरूले मेटल डिटेक्टर प्रयोग गरी जाँच गरेपछि मात्र भित्र प्रवेश गर्न दिइरहेका छन्। सहभागीहरूको झोला तथा शरीर खानतलासीसमेत गरिएको छ। साथै, विस्फोटक पदार्थ पत्ता लगाउने उपकरण र विशेष तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको छ।
एमालेको महाधिवेशन उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा आज मध्याह्न १२ बजेपछि सुरु हुने छ। औपचारिक कार्यक्रमअघि सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट मानिसहरू गाडी रिजर्भ गरेर आएका छन्।
औपचारिक समारोह सुरु हुनुअघि विभिन्न स्थानबाट सांस्कृतिक झाँकीसहितको जुलुस निकाल्ने तयारी गरिएको छ। गाडीमा आएका सहभागीहरूका लागि गट्ठाघर, सानोठिमी, जगातीलगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ।

For Add Product Review. You Need To Login First Login Page




















