Breaking News ::
च्यासलमा महाधिवेशनको रौनक, प्रतिनिधि तान्न नेताहरू सक्रिय
Satyapana
- Friday Dec 12 2025
- | 1276 Read
Share News

२६ मंसिर,२०८२ । नेकपा एमालेको मुख्यालय च्यासलमा ११औं महाधिवेशन नजिकिँदै जाँदा चहलपहल झन् बढेको छ ।
देशभरिबाट आएका प्रतिनिधिहरू च्यासलमा भेला हुन थालेपछि माहोल थप जीवन्त बनेको हो।
प्रतिनिधिहरूको उपस्थितिसँगै दुवै धारका शीर्ष नेताहरू पनि च्यासलमै व्यस्त देखिन्छन्।
उनीहरू प्रतिनिधिहरूसँग भेटघाट गर्ने, सामूहिक फोटो खिच्ने, सेल्फी लिने तथा आफ्नै समूहमा आकर्षित गर्ने प्रयासमा सक्रिय रहेका छन्।

For Add Product Review. You Need To Login First Login Page




















