Friday 11-09-2026

बागमती प्रदेशमा बाढी पीडित अनाथ बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा

Logo
Satyapana
  • 4 दिन अगाडि
  • | 911 Read

Share News

बागमती प्रदेशमा बाढी पीडित अनाथ बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा

२१, भदौ २०८३ आइतबार। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आमाबाबु गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा र आवासीय सुविधा दिने बागमती प्रदेश सरकारले निर्णय गरेको छ।

बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका क्षेत्रमा बाढीबाट ठूलो मानवीय क्षति हुनुका साथै भौतिक संरचनाहरू ध्वस्त भएका छन्। बाढीमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र निरन्तर अध्ययनका लागि प्रदेश सरकारले मातहतका साविक तथा आवासीय सामुदायिक विद्यालयमा इसिडी (शिशु कक्षा) देखि कक्षा १२ सम्म अध्ययन र आवासको व्यवस्था गर्ने निर्णय हालैको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको हो।

तर, निर्णय भए पनि प्रदेश सरकार, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्रमुख जिल्ला अधिकारीको कार्यालय कसैसँग पनि बाढीका कारण अभिभावकविहीन बनेका बालबालिकाको यकिन तथ्याङ्क छैन। उनीहरू हाल कसको संरक्षणमा छन् र कहाँ बसिरहेका छन् भन्ने स्पष्ट विवरण नहुँदा बागमती प्रदेश सरकारको घोषणा कार्यान्वयनमा चुनौती देखिएको छ।

स्थानीय प्रशासन तथा सरोकारवाला निकायले समयमै तथ्याङ्क संकलन र स्पष्ट कार्यविधि नबनाए बालबालिकाहरू विद्यालय छाड्ने (ड्रपआउट), घरबारविहीन हुने तथा बालश्रम वा शोषणको जोखिममा पर्ने सम्भावना बढेको छ।

अन्तर्राष्ट्रिय अभ्यासमा विपत्‌पछि बालबालिकाको सुरक्षा र पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राखिने भए पनि हालसम्म प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा उनीहरूका लागि आवश्यक बजेट, अल्पकालीन तथा दीर्घकालीन संरक्षण योजना र कार्यविधि अझै अनिर्णित नै छ।


For Add Product Review. You Need To Login First Login Page