Saturday 12-09-2026

भोटेकोशी बाढी: जलविद्युत्‌मा १ खर्ब ५१ अर्बको क्षति, पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने

Logo
Satyapana
  • 4 घण्टा अगाडि
  • | 371 Read

Share News

भोटेकोशी बाढी: जलविद्युत्‌मा १ खर्ब ५१ अर्बको क्षति, पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने

२७, भदौ २०८३ शनिबार । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी लेदोसहितको बाढीका कारण नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रले इतिहासकै सबैभन्दा ठूलो भौतिक नोक्सानी व्यहोरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार यस क्षेत्रमा मात्रै १५१ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको छ भने क्षतिग्रस्त आयोजनाहरूको पुनर्निर्माण तथा पुनःप्राप्तिका लागि करिब ३९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीले १३ वटा साना–ठूला जलविद्युत् आयोजनाका बाँध, विद्युत्‌गृह र सुरुङमा गम्भीर असर पुर्‍याएको छ, जसमध्ये माथिल्लो त्रिशूली–१, रसुवागढी, त्रिशूली ३ ‘ए’, त्रिशूली ३ ‘बी’, चिलिमे, लाङटाङ र रसुवा भोटेकोशी लगायतका संरचनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विदेशी टोलीद्वारा उद्धार र बेपत्ता कामदारहरूको खोजी कार्य तीव्र पारिएको छ। यसैबीच, बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गराउन तीव्र प्रयास भइरहेको छ। रसुवाका करिब ८० प्रतिशत घरधुरीमा विद्युत् पुन: सञ्चालन भइसकेको छ भने तत्काल आपूर्ति सम्भव नभएका गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका स्वास्थ्य चौकी तथा बस्तीहरूमा सोलार प्यानल जडान गरी वैकल्पिक ऊर्जाको व्यवस्था गरिएको छ। यता धादिङको जहरे चार्ज स्टेसन सफाइ र मर्मतपछि भोल्टेज सुधारिने अपेक्षा गरिएको छ भने देवीघाट स्टेसनको पुनर्स्थापनाका लागि प्राधिकरणले प्राविधिक टोली खटाएको छ। साथै, बाढीग्रस्त बेत्रावतीसहित धादिङ र नुवाकोटका प्रभावित क्षेत्रमा नयाँ पोल गाडेर बिजुली आपूर्तिलाई निरन्तरता दिने काम जारी छ।


For Add Product Review. You Need To Login First Login Page