Friday 11-09-2026

सिन्धुलीका नदी किनारका बस्ती बाढीको उच्च जोखिममा

Logo
Satyapana
  • 5 दिन अगाडि
  • | 513 Read

Share News

सिन्धुलीका नदी किनारका बस्ती बाढीको उच्च जोखिममा

२०, २० भदौ, २०८३ शनिबार । सिन्धुलीका नदी किनारमा रहेका दर्जनौं बस्ती बाढी र नदी कटानको उच्च जोखिममा छन्। बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग आसपासका नेपालथोक, मुलकोट, खुर्कोट र घुर्मीलगायतका बस्ती वर्षेनी बाढीको जोखिममा परे पनि जोखिम न्यूनीकरणका लागि पर्याप्त पहल हुन सकेको छैन।

दुई वर्षअघि आएको बाढीले सुनकोशी नदी किनारमा रहेको खुर्कोट बजारको तल्लो क्षेत्र पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। बाढीले घर, सडक तथा व्यापारिक संरचनामा क्षति पुर्‍याएपछि स्थानीयले संरचना मर्मत गरी पुनः त्यही स्थानबाट व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन्।

रोशी खोलामा आएको बाढीका कारण सुनकोशी नदीको बहाव बढ्दा नेपालथोक, मुलकोट, खुर्कोट र देउराली क्षेत्रमा डुबान तथा नदी कटान भएको थियो। बाढीको जोखिमबारे जानकार भए पनि सुरक्षित स्थानमा स्थानान्तरणका लागि पर्याप्त विकल्प नहुँदा प्रभावित परिवार पुरानै स्थानमा बस्न बाध्य छन्।

नदी किनारमै सडक, घर तथा व्यापारिक संरचना निर्माण भइरहेकाले जोखिम झनै बढेको स्थानीयको भनाइ छ। जलवायु परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रमा आकस्मिक बाढी र हिमताल फुट्ने घटना बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर तल्लो तटीय क्षेत्रमा पर्ने जोखिमसमेत बढेको छ।

सम्भावित बाढीबाट मानवीय तथा भौतिक क्षति रोक्न जोखिमयुक्त बस्तीको पहिचान, प्रभावकारी पूर्वसूचना प्रणाली, नदी कटान नियन्त्रण तथा सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था आवश्यक देखिएको छ।


For Add Product Review. You Need To Login First Login Page