Search News
सामाजिक सञ्जालबाट बढ्दो मानव बेचबिखनको जोखिम
- 5 दिन अगाडि
- | 531 Read
Share News

२० भदौ, २०८३ शनिबार। नेपालमा मानव बेचबिखनविरुद्ध अभियान चलेको दशकौं भए पनि समस्या अझै गम्भीर देखिएको छ। रोजगारी, वैदेशिक रोजगार, विवाह तथा सुखी जीवनको प्रलोभनमा महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेका छन्।
तर पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको छ। सामाजिक सञ्जाल र डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै झुटा रोजगारीका विज्ञापन, अनलाइन चिनजान तथा वैदेशिक रोजगारीको प्रलोभनमार्फत शिक्षित युवासमेत जोखिममा पर्न थालेका छन्। सरोकारवालाका अनुसार मानव बेचबिखनका घटनामा सामाजिक सञ्जालको प्रयोग उल्लेख्य रूपमा बढेको छ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मानव बेचबिखनसम्बन्धी १५१ मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म १८२ वटा घटना दर्ता भएका छन्।
प्रहरीमा दर्ता भएका घटनाले मात्र वास्तविक अवस्था नदेखाउने अधिकारीहरूको भनाइ छ। सामाजिक कलंक, पारिवारिक दबाब, डर तथा वैदेशिक रोजगारीसँग जोडिएका घटनामा उजुरी नगर्ने प्रवृत्तिका कारण धेरै घटना बाहिर आउन नसकेको बताइएको छ।
मानव बेचबिखनलाई यौन शोषणसँग मात्र जोडेर हेर्ने प्रवृत्तिका कारण श्रम तथा अंग बेचबिखनमा परेका व्यक्तिले समेत आफू अपराधको शिकार भएको थाहा नपाउने अवस्था रहेको सरोकारवालाको भनाइ छ।
नेपाल पछिल्लो समय मानव बेचबिखनको गन्तव्य तथा ट्रान्जिट मुलुकका रूपमा समेत प्रयोग हुन थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत हुने ठगी, झुटा रोजगारीको प्रलोभन तथा अनलाइनबाट हुने यौन र श्रम शोषण मानव बेचबिखन नियन्त्रणमा नयाँ चुनौतीका रूपमा देखिएका छन्।

For Add Product Review. You Need To Login First Login Page
















