Friday 11-09-2026

समयमै उद्धार भएको भए धेरैको ज्यान बच्ने थियो : प्रचण्ड

Logo
Satyapana
  • 6 दिन अगाडि
  • | 713 Read

Share News

समयमै उद्धार भएको भए धेरैको ज्यान बच्ने थियो : प्रचण्ड

२० भदौ, २०८३ शनिबार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुङमा फसेका दुई नेपालीको १० दिनपछि सकुशल उद्धार हुनुले समयमै उद्धार गर्न सके धेरैको ज्यान जोगाउन सकिने देखाएको बताउनुभएको छ।

शनिबार काठमाडौंमा आयोजित निजामती सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले विपद्का बेला सरकार अझ बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो।

उहाँले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा कर्मचारी र सुरक्षा निकायको प्रभावकारी सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

कर्मचारीलाई त्रसित बनाएर नभई प्रोत्साहित गर्दै जिम्मेवार र निष्ठापूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो।

प्रचण्डले पछिल्लो समय राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायमा अन्योल र अनिश्चितताको अवस्था देखिएको भन्दै त्यसको प्रत्यक्ष असर कर्मचारीतन्त्रमा परेको बताउनुभयो।

राष्ट्रको स्वाधीनता, अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सबै पक्ष एकजुट भएर केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो।


For Add Product Review. You Need To Login First Login Page