Friday 11-09-2026

बाढी प्रभावितलाई शिवम् सिमेन्टको ११ हजार बोरा सिमेन्ट र २१ लाख रुपैयाँ सहयोग

Logo
Satyapana
  • Tuesday Sep 01 2026
  • | 1082 Read

Share News

बाढी प्रभावितलाई शिवम् सिमेन्टको ११ हजार बोरा सिमेन्ट र २१ लाख रुपैयाँ सहयोग

 १६ भदौ, २०८३ मंगलबार।  बाढी प्रभावित क्षेत्रका नागरिकहरूको राहत, उद्धार तथा आवास पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेड र यसको सहायक कम्पनी शिवम् होल्डिङ्सले ११ हजार बोरा सिमेन्ट र २१ लाख रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेका छन् । गत भदौ १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट रसुवा जिल्लासहित विभिन्न स्थानमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले उक्त सहयोगको निर्णय लिएको हो । नेपाल सरकारसँगको समन्वयमा बाढीबाट घरबास गुमाएका ११० परिवारलाई प्रतिपरिवार १०० बोराका दरले जम्मा ११ हजार बोरा ‘शिवम् ओ.पि.सि.’ सिमेन्ट निःशुल्क वितरण गरिने कम्पनीले जनाएको छ । यस्तै, शिवम् होल्डिङ्स लिमिटेडमार्फत विपद् व्यवस्थापन तथा पुनःस्थापनालाई तीव्रता दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ जम्मा गरिएको छ । विपद्को यस संवेदनशील समयमा प्रभावित नागरिकहरूको जनजीवन सामान्य बनाउन सरकार र स्थानीय निकायहरूसँग निरन्तर सहकार्य जारी राख्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।


For Add Product Review. You Need To Login First Login Page