Search News
Breaking News ::
विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन
Satyapana
- Thursday Aug 27 2026
- | 782 Read
Share News

११ भदौ, २०८३ बिहीबार। सर्वदलीय बैठकले विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्ने निर्णय गरेको छ ।रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायतका जिल्लामा भएको असीमित मानवीय र भौतिक संरचनाको विनाशप्रति दुःख व्यक्त गर्न बसेको सर्वदलीय बैठकले विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि यस्तो संयन्त्र बनाउने सहमति गरेको हो।विपद् उद्धार तथा राहतलाई प्रभावकारी बनाउनेदेखि दीर्घकालीन पुनर्निर्माण र जोखिम न्यूनीकरणसम्मका विषय समेटेर १० बुँदे प्रस्ताव अघि सारेको छ ।दलहरुले सङ्कटको दिगो समाधान र पूर्वतयारीका लागि साझा सङ्कल्प गरेका छन्।

For Add Product Review. You Need To Login First Login Page
















