Search News
रसुवामा आएको बाढीको कारणबारे जल तथा मौसम विज्ञान विभाग प्रारम्भिक अध्ययन गर्दै
- Wednesday Aug 26 2026
- | 816 Read
Share News

१० भदौ, २०८३ बुधबार जल तथा मौसम बिज्ञान विभागका बाढी विज्ञ विनोद पराजुलीका अनुसार घटनाबारे सूचना बिहान करिब ८:५५ बजे प्राप्त भएपछि तत्कालै ‘सेन्टिनल एसिया’ प्लेटफर्ममार्फत भू–उपग्रहबाट निगरानी सुरु गरिएको हो। तर, हाल आकाशमा बादल लागेको कारण घटनास्थलको यकिन अवस्थाबारे स्पष्ट सूचना प्राप्त गर्न केही समय लाग्न सक्ने उहाँले बताउनुभयो।
विभागले घटनाको कारणबारे चीन सरकारसँग समेत औपचारिक तथा अनौपचारिक रूपमा सूचना आदानप्रदान गरिरहेको जनाएको छ।
प्रारम्भिक आकलनअनुसार बाढी लेन्डे खोलातर्फबाट आएको देखिएको छ। उक्त क्षेत्र भोटेकोशी नदीको माथिल्लो भागमा, नेपाल–तिब्बत सीमातर्फ पर्छ। ठूलो हिमपहिरो वा पहिरोका कारण नदी थुनिएर त्यसपछि फुट्दा बाढी आएको हुन सक्ने विभागको प्रारम्भिक अनुमान छ।
पराजुलीका अनुसार नेपाल–तिब्बत सीमा क्षेत्रको अवलोकन गर्दा ठूला हिमतालहरू घटनास्थलबाट कम्तीमा ३० किलोमिटरभन्दा टाढा देखिएका छन्। त्यसैले हालसम्म हिमताल विस्फोटभन्दा पनि हिमपहिरोका कारण नदी थुनिएर फुटेको सम्भावना बढी देखिएको उहाँले बताउनुभयो।
यद्यपि, बाढीको वास्तविक कारण र घटनास्थलको यकिन बिन्दुबारे थप अध्ययन आवश्यक रहेको विभागले जनाएको छ। यसबारे थप स्पष्ट आकलन आज बेलुकासम्म प्राप्त हुन सक्ने विभागको अपेक्षा छ।

For Add Product Review. You Need To Login First Login Page
















