Search News
मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान
- Wednesday Aug 26 2026
- | 783 Read
Share News

१० भदौ २०८३, बुधबार। प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको बाढीबाट भएको क्षति, राहत तथा उद्धारका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ। बुधबार मध्यान्ह सवा १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बोलाइएको हो। बैठकमा बाढीबाट भएको क्षति, उद्धार तथा प्रभावितको राहत व्यवस्थापनबारे छलफल हुने बताइएको छ। यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो। उनले नेपाली सेनाबाट रसुवाको बाढीबारे ब्रिफिङ लिएका थिए।उनले आगामी कदमबारे सरोकारवालालाई निर्देशन दिएका थिए। त्यस्तै सबैलाई उद्धार, खोज र राहतमा खटिन अनुरोध समेत गरेका हुन्।
तीब्बत क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढी भोटेकोशी हुँदै त्रिशुली नदीमा मिसिएर धादिङ र चितवनसम्मका तटीय क्षेत्रमा प्रभावित पार्न सक्ने चेतावनी दिइएको छ।

For Add Product Review. You Need To Login First Login Page
















