Search News
रामेछापमा वृद्धालाई करणी गर्ने बिसुङ्खे, जेन्जी आन्दोलनमा हिरासतबाट भागेका थिए
- Monday Aug 24 2026
- | 736 Read
Share News

८ भदौ २०८३, सोमबार । रामेछापमा ६१ वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरी फरार भएका प्रेम बिसुङ्खे पक्राउ परेका छन् । उनी यसअघि जेन्जी आन्दोलनका क्रममा सुनसरीको प्रहरी हिरासतबाट भागेका थुनुवा रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, बिसुङ्खेले गत भदौ २ गते बेलुका रामेछापकी ६१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेका थिए । घटनापछि फरार भएका उनलाई प्रहरीले भदौ ३ गते रामेछाप नगरपालिका-४, तिलबारीबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत रामेछापबाट म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा पक्राउ परेका बिसुङ्खे जेनजी आन्दोलनको समयमा सुनसरीको इलाका प्रहरी कार्यालय पकलीको हिरासत कक्षबाट भागेका फरार थुनुवा रहेको तथ्य खुलेको छ । उनी सो समयमा चोरी मुद्दाको अनुसन्धानका क्रममा पकली प्रहरीको हिरासतमा रहेका थिए ।
प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार उक्त आन्दोलनको समयमा हिरासतबाट भागेका बिसुङ्खेको खोजी भइरहेकै अवस्थामा उनी फेरि अर्को गम्भीर अपराधमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए ।

For Add Product Review. You Need To Login First Login Page
















