Tuesday 28-07-2026

मोडल संगीता शर्माको नयाँ म्युजिक भिडियो “म तिम्रै बनौला” सार्वजनिक

Logo
Satyapana
  • Saturday Jul 11 2026
  • | 3179 Read

Share News

मोडल संगीता शर्माको नयाँ म्युजिक भिडियो “म तिम्रै बनौला” सार्वजनिक

२७ असार २०८३ शनिवार। नेपाली सांगीतिक क्षेत्रमा नयाँ रोमान्टिक गीत “म तिम्रै बनौला” सार्वजनिक भएको छ। समाजसेवी, मोडल तथा गीतकार संगीता शर्माले आफ्नो जन्मदिनको विशेष अवसर पारेर आफ्नै युट्युब च्यानलमार्फत यो भिडियो रिलिज गरेकी हुन्।

कर्ण राज गिरी र बिपना तामाङको स्वर, सम्राट थापाको एरेन्ज र संगीता शर्माकै शब्द/संगीत रहेको यो गीत म्युजिक सिटी स्टुडियोमा रेकर्ड भएको हो। युवा प्रेमलाई कलात्मक रूपमा बुनिएको भिडियोमा संगीता शर्मा र राजु आरडिको जोडी जमेको छ। संयुक्त स्थापितको निर्देशन रहेको भिडियोलाई एल.एम.सी. सेकेन्ड्री स्कुल लहान र भिलेज हाइल्याण्ड रिसोर्टले स्पोन्सर गरेका छन्। भिडियोका निर्माताहरू पी. हमाल ठकुरी र सन्दिपा दाहाल हुन् भने भीमसेन मैनालीले प्रोडक्सन म्यानेजरको भूमिका निभाएका छन्।


For Add Product Review. You Need To Login First Login Page