Saturday 12-09-2026

बालेन सरकारमा ५ महिला मन्त्रीहरू

Logo
Satyapana
  • Friday Mar 27 2026
  • | 1935 Read

Share News

बालेन सरकारमा ५ महिला मन्त्रीहरू

प्रधानमन्त्री बालेन शाहले आफ्नो नेतृत्वको पहिलो मन्त्रिपरिषद्‍मा समावेशिता र विज्ञतालाई प्राथमिकता दिँदै ५ जना महिला मन्त्रीहरू नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री शाहले निशा मेहतालाई स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालयको दोहोरो जिम्मेवारी सुम्पिएका छन्। त्यसैगरी, प्रतिभा रावललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार दिइएको छ। 'रास्वपा' कि प्रभावशाली नेतृ सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेकी छन्।

कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्रालयको कमान गीता चौधरीले सम्हालेकी छन् भने सीता वादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा कार्यभार सम्हालेकी छन्।


For Add Product Review. You Need To Login First Login Page