Tuesday 28-07-2026

ज्येष्ठ सदस्य केसीद्वारा पद तथा गोपनीयताको शपथ, भोलि अन्य सांसदलाई गराउने

Logo
Satyapana
  • Wednesday Mar 25 2026
  • | 994 Read

Share News

ज्येष्ठ सदस्य केसीद्वारा पद तथा गोपनीयताको शपथ, भोलि अन्य सांसदलाई गराउने

११ चैत २०८२, बुधबार ।  प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शपथ गराउनुभएको हो।

नेपाली कांग्रेसको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित ७७ वर्षीय केसी प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ। संवैधानिक व्यवस्था अनुसार, अन्य सांसदहरूलाई शपथ गराउनुअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुपर्ने प्रावधान रहेको छ।


For Add Product Review. You Need To Login First Login Page