Saturday 18-04-2026

सुर्खेतमा एक महिला दुई छोराछोरीसहित बेपत्ता, भेरी नदीमा मा बेपत्ता भएको आशङ्का

Satyapana
  • Monday Mar 16 2026
  • | 1052 Read

Share News

सुर्खेतमा एक महिला दुई छोराछोरीसहित बेपत्ता, भेरी नदीमा मा बेपत्ता भएको आशङ्का

सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत आफ्ना दुई नाबालक छोराछोरीसहित बेपत्ता भएकी छिन्। आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी उनीहरूको सामान भेरी नदी किनारमा फेला परेपछि प्रहरीले नदीमा बेपत्ता भएको आशङ्का गरेको छ।

बेपत्ता हुनेहरूमा ३८ वर्षीया माया, उनकी ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपक कठायत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (DSP) मोहनजंग बुढ्थापाका अनुसार माया आइतबार बिहान करिब ७ बजे छोराछोरी लिएर घरबाट निस्किएकी थिइन्। साँझसम्म पनि घर नफर्किएपछि माया कठायतकी श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेका थिए। लगत्तै प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा खटिएको टोली र स्थानीयले खोजतलास सुरु गरेका थिए।खोजतलासका क्रममा घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गरेको सामग्रीहरू फेला परेका छन्। प्रहरीका अनुसार नदी किनारमा उनले बोकेको
झोला, सल, चप्पल र मोबाइल फेला परेका छन्। सामानहरू नदी किनारमा भेटिएकाले उनीहरूले नदीमा हामफालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। अहिले बेपत्ताहरूको खोजीका लागि प्रहरी र स्थानीयको विशेष टोली परिचालन गरिएको छ। "भेरी नदी आसपासका क्षेत्रमा खोजतलास भइरहेको छ, तर अहिलेसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन," डीएसपी बुढ्थापाले जानकारी दिनुभयो।

प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ।


For Add Product Review. You Need To Login First Login Page