Friday 29-05-2026

रौतहट–३ मा रास्वपाका रविन्द्र पटेल विजयी

Satyapana
  • Sunday Mar 08 2026
  • | 1714 Read

Share News

रौतहट–३ मा रास्वपाका रविन्द्र पटेल विजयी

रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र पटेल २७ हजार ३१८ मत ल्याएर विजयी भएका छन्। रास्वपाका पटेलले निकटतम प्रतिस्पर्धी जनता समाजवादीका गोविन्द चौधरीलाई १५ हजार ३६४ मतान्तरले पराजित गरेका छन्। रौतहटका चार निर्वाचन क्षेत्रमध्ये ३ मा रास्वपा र १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। २४ फागुन, रौतहट । रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन्द्र पटेल विजयी भएका छन् । २७ हजार ३१८ मत ल्याएर उनी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादीका गोविन्द चौधरीलाई उनले १५ हजार ३६४ मतान्तरले पराजित गरेका हुन् । चौधरीले ११ हजार ९५४ मत ल्याए ।त्यस्तै आम जनता पार्टीका प्रभु साहले ९ हजार ८९० तथा एमालेका कुन्दन प्रसाद कुशवाहाले ६ हजार ६०५ मत ल्याए । योसँगै रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रको मतपरिणाम आएको छ । ४ निर्वाचन क्षेत्रमध्ये ३ वटामा रास्वपा र एउटा क्षेत्र २ नम्बरमा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् । १८ वर्ष देखि प्रतिनिधिसभा सदस्य जित्दै आएका आम जनता पार्टीका अध्यक्ष रहेका प्रभु साह यस पटक तेस्रोपटक स्थानमा सीमित भएका छ्न् । रौतहट क्षेत्र नम्बर ३ लाई प्रभु साहको पकड क्षेत्रका रूपमा लिने गरिन्थ्यो । यसपटक भने मतदाताले नयाँ विकल्प रोज्दै रास्वपाका उम्मेदवार पटेललाई विजयी बनाएका छन् ।


For Add Product Review. You Need To Login First Login Page