Friday 29-05-2026

ओखलढुङ्गामा रोमाञ्चक प्रतिस्पर्धा, रास्वपाका पोखरेल ५ मतले विजयी

Satyapana
  • Sunday Mar 08 2026
  • | 1030 Read

Share News

ओखलढुङ्गामा रोमाञ्चक प्रतिस्पर्धा, रास्वपाका पोखरेल ५ मतले विजयी

ओखलढुङ्गा, फागुन २४ गते । ओखलढुङ्गामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेल विजयी हुनुभएको छ। नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई मात्र ५ मतले पछि पार्दै पोखरेल विजयी हुनुभएको हो।

अन्तिम मतपरिणाम अनुसार पोखरेल १३ हजार ९५३ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गर्नुभएको छ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार अम्बीरबाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गर्नुभएको छ भने नेकपा ९एमाले० की अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गर्नुभएको छ।

कुल ५८ हजार ८९१ मत खसेकामा ५५ हजार ५३५ मत सदर र ३ हजार ३५६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, ओखलढुङ्गाले जनाएको छ।


For Add Product Review. You Need To Login First Login Page