Saturday 18-04-2026

शिखर पावरको आइपिओ सर्वसाधारणका लागि खुला, फागुन २२ सम्म आवेदन दिन सकिने

Satyapana
  • Sunday Mar 01 2026
  • | 1042 Read

Share News

शिखर पावरको आइपिओ सर्वसाधारणका लागि खुला, फागुन २२ सम्म आवेदन दिन सकिने

काठमाडौँ। शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री सुरु गरेको हो।

कम्पनीले कुल जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये स्थानीय बासिन्दाका लागि ९ लाख ८० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २२ हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ११ हजार कित्ता सेयर यसअघि नै सुरक्षित गरी बाँडफाँट भइसकेको छ।

हाल कम्पनीले आफ्ना कर्मचारीहरूका लागि छुट्याइएको ४४ हजार ४०० कित्ता कटाएर बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन २२ गतेसम्म तोकिएको छ। सो अवधिमा माग बमोजिम आवेदन नपरेमा चैत १ गतेसम्म समय थप हुन सक्नेछ। इक्रा नेपालले कम्पनीलाई 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी' प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।


For Add Product Review. You Need To Login First Login Page