Tuesday 28-07-2026

दुर्गा प्रसाईं पुन पक्राउ, सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान सुरु

Logo
Satyapana
  • Sunday Mar 01 2026
  • | 1008 Read

Share News

दुर्गा प्रसाईं पुन पक्राउ, सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान सुरु

भक्तपुर। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान' का नेतृत्वकर्ता दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा परेका छन्। आइतबार बिहान भक्तपुरस्थित उनकै निजी निवासबाट प्रहरीले प्रसाईंलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुका अनुसार, उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
प्रसाईं यसअघि पनि फागुन ४ गते पक्राउ परेका थिए।

त्यसबेला जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनी सर्वोच्च अदालतको आदेशपछि फागुन १३ गते हिरासतबाट छुटेका थिए।

मुक्त भएको केही समयमै फेरि उनलाई प्रहरीले पक्राउ गरेको हो।


For Add Product Review. You Need To Login First Login Page