Search News
फागुन २० गते मध्यरातदेखि सवारी सञ्चालनमा पूर्ण रोक ।
- Thursday Feb 26 2026
- | 1457 Read
Share News

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। निर्वाचन आयोगले मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुका साथै देशभर मदिरा निषेध गर्ने निर्णय गरेको हो।
निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय सुरक्षा समितिको बैठकले फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिँदासम्मका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। यस अवधिमा अनुमति प्राप्त र अत्यावश्यक सेवाका बाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधन चल्न पाउने छैनन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार एम्बुलेन्स, दमकल, शवबाहन, सुरक्षा निकायका गाडी, कूटनीतिक नियोगका सवारी र विद्युत्, खानेपानी, दूरसञ्चार जस्ता अत्यावश्यक मर्मतमा प्रयोग हुने साधनलाई भने रोक लगाइने छैन। साथै, आयोगबाट पास लिएका सवारीसाधनले पनि सञ्चालनको अनुमति पाउनेछन्।
निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन आयोगले मतदान हुनुभन्दा ७ दिन अघिदेखि नै मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। यो प्रतिबन्ध निर्वाचनको अन्तिम नतिजा सार्वजनिक नहुँदासम्म देशभर लागू हुनेछ।
प्रवक्ता भट्टराईले फागुन १८ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध गरी मौन अवधि सुरु हुने जानकारी दिँदै सो समयमा आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिइएको बताए। यदि कसैले मदिरा सेवन वा बिक्री गरेको वा आचारसंहिता विपरीतका कार्य गरेको पाइएमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम तत्काल कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ।
निर्वाचन सुरक्षा समितिको बैठकले ७७ वटै जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण गर्दै सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च सतर्कता अपनाउन र आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारबाही गरी आयोगमा रिपोर्टिङ गर्न समेत भनेको छ।
भट्टराईका अनुसार मतदानको दिनमा अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत् सञ्चालनको व्यवस्था मिलाइएको छ। अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलबाट घररबसोबास गर्ने होटलसम्म र घररबसोबास गर्ने होटलबाट विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाइएको छ।
निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका, २०८२ को दफा ६ मा उल्लेख भएबमोजिम निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरूसहित सोही दफाको खण्ड ९झ० मा उल्लेख भएको निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तरराष्ट्रिय सीमानाका बन्द गर्ने व्यवस्था मिलाउन पनि आयोगले गृहमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र लेखी पठाएको छ।
ल्अभिि
प्रतिनिधिसभा सदस्य निर्वाचन ९मतदान० निर्देशका, २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारीचालक अनुमति पत्र लिएर मतदान केन्द्रमा जानुपर्ने गरी व्यवस्था गरिएकाले सोबमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जाने मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउनेबारे मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकार भएका सबैलाई सूचना सम्प्रेषण गर्न पनि निर्देशन दिइएको प्रवक्ता भट्टराईले जानकारी दिए।
आयोगले जारी गरेको सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिनमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण इकाई खडा गरिने छ। सो इकाईमा आयोगको तर्फबाट दुई जना र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको तर्फबाट दुई जना कर्मचारी तोकिएको छ।
निर्णयअनुसार आवश्यक सहजीकरण र समन्वयका लागि सम्पूर्ण सरोकार भएकाहरूमा आयोगले आग्रहसमेत गरेको छ।

For Add Product Review. You Need To Login First Login Page





















